काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ दोहोरीन के गर्लान् भन्ने प्रश्नलाई ठाडै निमोठेर ओली सरकार बिदा भयो ।
ओली सरकारले नचाहेमछि कुलमान घर फर्किए । यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भन्दै ऊर्जामन्त्री पम्फा भुसाललाई प्रधानमन्त्री देउवाले ठाडो निर्देशन दिएको स्रोतले जनाएको छ ।
ओली सरकारले नियुक्त गरेका हितेन्द्रदेव शाक्यले सन्तोषजनक काम गर्न नसकेको ठहर गर्दै देउवा सरकारले प्राधिकरणको कार्यकारी बनाएर कुलमानलाई नै ल्याउन थालेको तयारीपछि देउवा सरकारको धेरैले प्रशंसा गरेका छन् । दैनिक १८ घण्टा सम्मको लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पार्दै विदा भएका थिए ।
कुलमानले कर्मचारीले चाहे असम्भव कामलाई पनि सम्भव पार्न सक्दा रहेछन् भनेर देखाए । उनको चर्चा चलिरहेका बेला पुनर्नियुक्ति हुनुपर्ने आवाज उठ्दै आएपनि ओली सरकारले त्यो अवसर निमोठेर आफ्ना मान्छे भर्ती गरेपछि चर्को आलोचित बनेको थियो ।
कुलमानलाई तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा कुलमानले कार्यभार संहालेका थिए ।