विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रलाई पाण्डेसहित चार नेताले यस्तो भनेपछि... — OSNepal

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रलाई पाण्डेसहित चार नेताले यस्तो भनेपछि…

LC (KTM) August 03, 2021 0

काठमाडौँ १९ साउन । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई चार जना नेताहरुले लोकतन्त्रमाथि प्रश्न गर्दै हिँड्नु र शाहीतन्त्रका पाउमा वैकल्पिक राजनीतिलाई समर्पित गर्नु हाम्रो कार्यभार नभएको सुझाव दिएका छन् ।

मिश्रको दस्तावेजलाई आधार बनाएर पार्टीका संयोजक मिलन पाण्डे, सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाले अर्को प्रस्ताव ल्याउँदै मिश्रलाई सुझाव दिएका हुन् ।

गणतन्त्रभन्दा राजतन्त्रलाई राम्रो भनेर असंगत तर्कहरुलाई मलजल गर्नु मिश्रको गलत कार्य भएको पनि प्रस्तावमा उल्लेख गरिएको छ । प्रस्तावमा भनिएको छ, ‘यदि कसैले अनेक बहुरंगी तर्कहरु गरेर समयको गतिलाई रोक्न र पछाडि फर्किन चाहन्छ भने त्यो उल्टो यात्रा हो ,त्यो पश्चगमन हो, पछाडि फर्किएर आजको राजनीतिक नेतृत्व गर्न सकिँदैन । उल्टो हिँडेर अघि बढिँदैन ।’

मिश्रलाई संकेत गर्दै प्रस्तावमा भनिएको छ , ‘जानी नजानी पार्टीलाई पश्चगमनको मतियार बनाउने र यसलाई उल्टो बाटोमा हिँडाएर बदनाम गराउने जुन प्रयत्न भइरहेको छ, त्यसले समयको गति र आजका कार्यभारहरुलाई बुझ्न सकेको देखिँदैन ।तेरो धर्म राम्रो कि मेरो भनेर कसैलाई सोध्नु लोकतान्त्रिक संस्कार होइन । तेरो भाषा ठूलो कि मेरो ? कालो मान्छे राम्रो कि गोरो ? कुन धर्म राज्यको कुन धर्म नागरिकको ? यस्ता प्रश्नहरुले लोकतान्त्रिक चेतनाले अस्विकार गर्दछन् र गर्नुपर्दछ ।’

जहाँसम्म सिंहदरबार सेवा दिन नभइ शासन गर्न गाउँगाउँ पुग्यो भन्ने कुरा छ, अथवा सेवक हैन राजाहरु गाउँगाउँ पुगे भन्ने कुरा छ, त्यो व्यवस्थाको नभइ कार्यान्वयनको संकट हो ।’ प्रस्तावमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर