जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरे अब उपत्यकाको प्रशासनले कडा कारबाही गर्ने — OSNepal

जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरे अब उपत्यकाको प्रशासनले कडा कारबाही गर्ने

LC (KTM) August 03, 2021 0

काठमाडौँ १९ साउन । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे गराइएको पाइएमा अब प्रचलित कानून बमोजिम कडा कारबाही हुने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले आज मंगलबार एक सुचना जारी गर्दै कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, ¥याली जस्ता गतिविधि नगर्न आग्रह गरेका हुन ।

जारी गरिएको सुचनामा भनिएको छ, ‘कोभिड–१९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्डविपरीत यस्ता गतिविधि नगर्न र नगराउन सबै पक्षलाई सूचित गरिन्छ’ ।

‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर