द भ्वाइसकी सामना घतानीले ल्याइन् भाग्य खोटो छ — OSNepal

द भ्वाइसकी सामना घतानीले ल्याइन् भाग्य खोटो छ

admin September 24, 2024 0

काठमाडौं । गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ५ की प्रतियोगी सामना घतानीले नयाँ गीत भाग्य खोटो छ सार्वजनिक गरेकी छिन् । भ्वाइसको ब्याटर राउण्डसम्म पुगेकी सामनाले आफ्नो युट्युव च्यानल सामना घतानीमार्फृत गीतको भिडिओ सार्वजनिक गरेकी हुन् ।

गीतमा शब्द कसम खातीको रहेको छ भने कम्पोज रबिन भुसालले गरेका छन् । एरेन्जको काम बिशाल निरौलाले गरेका छन् । भिडिओमा सामना आफै फिचर्ड छिन् भने भिडिओ जोन राईले सम्पादन गरेका हुन् । गीतलाई लिएर गायिका सामना उत्साहित छिन् । गीत निकाल्न खासै हतार नगर्ने सामनाले यो गीत पनि पाँच महिनापछि सार्वजनिक गरेकी हुन् । सामनाले अहिलेसम्म तीन वटा गीत गाइसकेकी छिन् । यस अघि उनले केहि कभर गीत गाएकी छिन् ।

‘सानैदेखी संगीत मन पर्ने भएकाले रियालिटी शो हुँदै यहा सम्म आएकी हुँ । नशा नशामा संगीत भएपछि छोड्न सकिदैन ।’ गायिका सामनाले भनिन् ।’ अहिले सार्वजनिक गीतलाई दर्शक तथा स्रोताले माया गरिदिनुहुनेछ भन्नेमा आशावादी छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर