‘मौलिक झाम्रे कचहरी’ लिएर आए सागर विरही (भिडियो) — OSNepal

‘मौलिक झाम्रे कचहरी’ लिएर आए सागर विरही (भिडियो)

admin September 24, 2024 0

काठमाडौँ । लोक तथा दोहोरी गीतमा भित्रिएका विकृति बारे जति चर्चा र बजार हल्ला हुन्छ, त्यसको तुलनामा मौलिक गीतको चर्चा सायदै होला । यस्ता गुनासाहरु अचेल मौलिक सृजनाहरु दिदै आएका सर्जकहरुबाट सुन्न थालिएको छ । मौलिक गीतहरु चर्चाका लागि प्राथमिकतामा नगर्दा अधिकांश मौलिक गीत ओझेलमा पर्दछन् । फलस्वरुप, कलाकारहरु पुनः हलुका गीतहरुमा काम गर्न थाल्छन् ।
२ दशकको संगीत यात्रामा मौलिक धारबाट पर नसरेका सागर विरहीले पछिल्लो पटक ‘मौलिक झाम्रे कचहरी’बजारमा सार्वजनिक गरेका छन् । तनहुँ जिल्लामा लोपन्मुख रहेको ‘मौलिक झाम्रे कचहरी’गीत र भिडियोमा दुरुस्त उतारेर बजारमा ल्याएका विरहीले गीत शेयर गर्दै सामाजिक सञ्जालमा गुनासो पोखेका छन् ।
उनले भनेका छन्, ‘म केहि कुरा भन्छु, हुन त म भ्युज र न्युजको त्यति भरोसा त गर्दिन तर लोक कलाकारले आफ्नो स्थान भुले मौलिकता भुले भन्दै रोइलो गाउने हाम्रा केहि मनुस्यहरुले यो गीत हेर्छन् कि सुन्छन् कि नाई होला ? गीत संगीतमा भल्गारिटि, उत्ताउलोपन, मोडलका तिघ्रा, महिलाका स्तन, छोटाछोटा कपडा बिक्छ हेरिन्छ । हामी पनि त्यो बाटो हिड्न नसक्ने हैनौ । तर ‘पर्ख र हेर’को प्रतीक्षामा छौँ ।’ सर्जक तथा गायक विरहीले सकेसम्म मौलिकताबाट पर जान नपरोस भन्ने चाहना रहेको बताएका छन् ।
सागर विरहीको सृजनामा तयार भएको गीतमा विरहीको अलवा गंगा थापा मगरको स्वर छ । गायक तनहुँ घिरिङका हुन् भने गायिका स्याङजा हरिनाशकी हुन् ।
भिडियोमा हेमन्त आले र देवा मगरले अभिनय गरेका छन् । सागर विरहीको निर्देशनमा तयार भएको भिडियो सम्पादन रोशन गाहा मगरले गरेका छन् । छायांकन सुरेश श्रेष्ठले गरेका छन् ।
गीतको अंशलाई टिकटक लगायतको प्लेटफर्ममा औधि रुचाइएको छ । गीतलाई रोधी संस्कृतिको प्रतिविम्बको रुपमा उचारिएको छ । गण्डकी क्षेत्रबाट सुरु भएको रोधी पछिल्लो समय हराउदै गएको अवस्थामा संस्कृति जर्गेनाका लागि काम गरेको सर्जक विरहीले बताएका छन् ।
रोधी बस्दा हार जितमा सुन्दुर टालो दिने र गोठालो जानेसम्मको बाजी राख्ने र हार्नेले बचन पुरा गर्ने चलन थियो । हारजितमा विहे गर्ने र गोठालो बस्ने परिपाटी हराउदै गएपनि रोधी बसेर रातभर गीत गाउने प्रचलन भने फाट्टफुट्ट पाइन्छ । सोही लोपन्मुख संस्कृतिलाई भिडियोमा उतारेर नयाँ पुस्तालाई संस्कृति हस्तान्तरणमा भूमिका निर्वाहको कोशिस गरेको सर्जक विरही बताउछन् । विरहीका ‘माया लाउनेहरुमा’, ‘सम्झना छ भन्देउ’, ‘बस्ती पाल्पााको’ लगायतका दर्जनौ गीत दर्शक स्रोताले मन पराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर