भोलीदेखि सुरु हुने कार मेलामा ८ वटा ब्राण्डका गाडी राखिने, नगुमाउनुहोस् ६ लाख सम्मको छुट पाउने मौका — OSNepal

भोलीदेखि सुरु हुने कार मेलामा ८ वटा ब्राण्डका गाडी राखिने, नगुमाउनुहोस् ६ लाख सम्मको छुट पाउने मौका

admin September 24, 2024 0

काठमाडौँ । भक्तपुरमा फ्युचर इभी कार्निभल एक्सपो अर्थात कार मेलाको आयोजना हुने भएको छ । भोली बुधबार अर्थात असोज ९ गतेदेखि दशैँलाई लक्षीत गरेर आयोजना हुन लागेको मेला शनिबारसम्म चल्नेछ । फ्यूचर्स मोटर्स प्राली भक्तपुरका म्यानेजिङ डाईरेक्टर गोबिन्द घिमिरेका अनुसार मेलामा ८ वटा ब्राण्डका केवाईसी, किगं कंग, नेटा, रिडारा, डायोन, जेएसी, एक्सप्यागं ब्राण्डका कारहरु हुनेछन् ।

म्यानेजिङ डाईरेक्टर घिमिरेका अनुसार बुधबार बिहान मेलाको उद्घाटन हुनेछ भने मेला साँझ ६ बजेसम्म संचालन हुनेछ । म्यानेजिङ डाईरेक्टर घिमिरेका अनुसार मेलाका आर्कषणहरुमा ६ लाख सम्मको छुट अफर ल्याइएको छ भने मेलामा टेस्ट ड्राइभको पनि सुबिधा रहेको छ ।

एउटै प्ल्इाटफर्ममा सबै इलेक्ट्रिक गाडी छानीछानी हेर्ने मौका मेलाको मुख्य आर्कषण हुनेछ भने मेलामा नयाँ कार लिने र पुरानो कार साट्ने सुनौले अफर पनि रहेको छ । मेलामा फुड, ड्रिगंसदेखि बच्चाबच्चीहरुलाई खेल्ने स्थानको पनि व्यबस्था गरिएको छ । मेला भक्तपुरको राधे राधेसँगैको हेरिटेज पार्टी प्यालेसमा आयोजना गरिएको छ । जुन भक्तपुरको भाटभटेनीसँगै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर