जोशीलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप — OSNepal

जोशीलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप

LC (KTM) September 23, 2024 0

गण्डकी, ७ असोजः सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा आइतबार पक्राउ पर्नुभएका पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल जोशीलाई पाँच दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ ।

जोशीलाई कास्की जिल्ला अदालतको इजलासले अनुसन्धानका लागि आज पाँच दिन म्याद थप गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुुभयो । काठमाडौँबाट पक्राउ पर्नुभएका जोशीलाई आइतबार नै पोखरा ल्याइएको र आज अदालतमा उपस्थित गराइएको थियो ।

जोशीलाई अदालतमा उपस्थित गराउँदा सहकारी पीडित पनि अदालत परिसर पुगेका थिए । त्यसअघि पीडितले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर