कृषिमन्त्री अधिकारीसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट — OSNepal

कृषिमन्त्री अधिकारीसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

LC (KTM) September 23, 2024 0

काठमाडौँ, ७ असोज : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा सोमबार दिउँसो भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हितका विविध विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री अधिकारीले नेपाल–भारत सम्बन्ध मित्रता र सहयोग, सार्वभौम समानता, आपसी सम्मान र विश्वासका सिद्धान्तमा आधारित रहेको स्मरण गर्नुभयो । कृषि क्षेत्रमा लगानी र विकासका लागि नेपाल सरकार लागि परेको जनाउँदै मन्त्री अधिकारीले त्यसमा भारत सरकारको थप सहयोग अपेक्षा राखेको बताउनुभयो ।

नेपालका कृषिजन्य उत्पादनलाई भारतीय बजारमा सहज पहुँच पुर्‍याउन सहजीकरणका लागि आग्रह गर्दै मन्त्री अधिकारीले भन्नुभयो, “यसले दुई देशबिचको आर्थिक सम्बन्ध र व्यापार प्रवर्द्धनलाई बलियो बनाउनेछ ।” सो अवसरमा राजदूत श्रीवास्तवले नेपालको कृषि क्षेत्रको विकास र विस्तारमा भारत सरकार सहयोग र सहकार्यका लागि तयार रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर