करण राई र मलिका महतको ‘काँडा भएनि’ म्युजिक भिडियो सार्वजनिक — OSNepal

करण राई र मलिका महतको ‘काँडा भएनि’ म्युजिक भिडियो सार्वजनिक

LC (KTM) September 23, 2024 0

काठमाडौ । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई र चर्चित अभिनेत्री मलिका महत फिचर्ड ‘काँडा भएनि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘काँडा भएनि’ बोलको गीतमा करण र गायिका नितु पुनको स्वर रहेको छ । थुग्तेन डुक्पाको शब्द रहेको गीतमा चर्चित गायक तथा संगीतकार डम्बर नेपालीको संगीत रहेको छ । महाराज थापाले एरेञ्ज गरेको गीतलाई देबेश राईले मिक्सिङ मास्टरिङ गरेका छन् ।

चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा करण र मलिकाको जोडी जमेको छ । प्रेमि–प्रेमीकाको एक मिलनको सम्योगमा तयार भएको भिडियोमा करण र मलिकाको धमाकेदार डान्सपनि देख्न सकिन्छ । सार्वजनिक गीतको बारेमा बोल्दै मलिकाले गीत मनपरेकै कारण काम गरेको बताइन् । करणको काम प्रतीको लगनशिलताको तारिफ गर्दै मलिकाले भनिन्, ‘उहाले हाम्रो यो सहकार्य राम्रो बनाउनको लागी छोटो समयमा धेरै राम्रो डान्स सिक्नु भएको छ ।’ त्यस्तै करणलेपनि सार्वजनिक गीतको बारेमा बोल्दै डान्सिङ गीतमा आफ्नो प्रस्तुती बेस्ट दिने प्रयास गरेको बताए । मलिकाको तारिफ गर्दै करणले भने ‘मलिका जी संग काम गर्दा धेरै कुराहरु सिक्न समेत पाए ।’

बिक्रमकै निर्देशनसंगै कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई प्रकाश खड्का एण्ड टिमको सिनेमाटोग्राफी रहेको छ । मिलन विश्वकर्माको इडिट तथा कलर रहेको भिडियोमा सरिता मगरको मेकअप रहेको छ ।गायक करण अहिले नेपालमा रहेर धेरै गीतहरु सार्वजनिक गरिरहेका छन् । केहि समय अगाडी राई इज किङ राजेशपायल राईसंगपनि गीत ल्याएका थिए । त्यस भन्दा अगाडी करणले अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर लगायतसंग सहकार्य गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर