काठमाडौँ । महानायक राजेश हमालले प्रोडक्टिभ हुन म्यूजिक भिडियो खेलेको बताएका छन् । न्यूज २४ टेलिभिजनसँगको कुराकानीका क्रममा महानायक हमालले कोरोना महामारी साम्य हुने वित्तिकै आफु पनि नयाँ चलचित्रमा आउने बताएका छन् ।
करिब ५ वर्ष देखी फिल्ममा नदेखिएका हमाल, आफु चलचित्रबाट टाडिँनुको कारण समयलाई मान्छन् । महानायक हमालले आँफु पनि चलचित्र मेकिङमा लाग्ने सम्भावना रहेको उल्लेख गर्दै छिट्टै नै चलचित्रकै अभिनय यात्रामा फर्किने भन्दै म्युजिक भिडियोमा अभिनय गर्दाको रमाइलो अनुभव समेत बाँडेका छन् ।
पहिलो चरणको कोरोना महामारीको समयमा म्युजिक भिडियोमा ब्याक टु ब्याक देखिएपछि उनले आफुलाई रमाइलो लाग्ने भएर म्यूजिक भिडियोमा समेत अभिनय गरेको बताएका छन् । भोलीका दिनमा पनि मेकिगं र अभिनय दुवै क्षेत्रमा क्रियाशिल रहनेछु हमालले भने ।