राजु लामाले ल्याए ‘प्रेम रोग’ (भिडियो) — OSNepal

राजु लामाले ल्याए ‘प्रेम रोग’ (भिडियो)

admin September 22, 2024 0

काठमाडौं– गायक राजु लामाले नयाँ गीत सार्वजनिक गरेका छन् । चर्चित ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिष्ट रहेका राजुले ‘प्रेम रोग’ बोलको रोमान्टिक गीत ल्याएका हुन् ।

राजुकै शब्द र संगीत रहेको यो गीतको भिडियोमा समेत उनकै अभिनय छ । उनीसँग अभिनेत्री करिष्मा श्रेष्ठले स्क्रिन सेयर गरेकी छन् । पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको यो गीतको भिडियो कोरियोग्राफी सोनम पाख्रिनले गरेका छन् । गीतको भिडियो निर्देशन भने सोनम पाख्रिनले गरेका छन् ।

यो गीतले संगीतको पछिल्लो ट्रेन्ड झल्काउने राजु बताउँछन् । ‘यो गीतले युवतीसँग गहिरो प्रेममा रहेको एक युवकको कथा भन्छ,’ उनले भने, ‘नयाँ स्वाद दिने प्रयत्न गरेको छु । दर्शक÷श्रोताले अपनत्व लिएर सुन्छन् र हेर्छन् भन्ने मेरो विश्वास छ । ’ राजु विगत ३० वर्षदेखि संगीत क्षेत्रमा निरन्तर सक्रिय छन् । भिडियो लिंक :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर