गम्भीर बिरामी परेपछि दार्चुलाकी नेपाली महिलालाई भारतीय एसएसबीले अस्पताल पुर्याएर गरे उदाहरणीय काम — OSNepal

गम्भीर बिरामी परेपछि दार्चुलाकी नेपाली महिलालाई भारतीय एसएसबीले अस्पताल पुर्याएर गरे उदाहरणीय काम

LC (KTM) August 03, 2021 0

दार्चुला- भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले मङगलबार बिहान बिरामी परेकी महिलालाई अस्पताल पुर्‍याएर सहयोग गरेको छ ।एसएसबीका जवानहरूले बिरामी भएकी महिलालाई भारतको धारचुला सीता पुल हुँदै नेपाल प्रवेश गराएका हुन् ।यसको लागि एसएसबीले चार नेपाली नागरिकहरूलाई पनि बिरामी भएकी महिलासँग नेपाल क्षेत्रसम्म जाने अनुमति दिएको थियो ।

दार्चुला नौगाड गाउँपालिका वार्ड नम्बर १ बस्ने रमेश ठेकरेकी २० बर्सिया श्रीमती मजदुर सङ्गीता ठेकरेको पेटमा अचानक पीडा भएर हालत गम्भीर भएकोले एसएसबीका जवानहरूले तुरुन्त सङ्गीतालाई आफ्नै वाहनमा चढाइ छिया लेखसम्म पुर्‍याएका हुन् ।

नेपाल तर्फको बाटो खराब भएको कारणले सङ्गीतालाई अस्पताल पुर्‍याउन सम्भव नभएपछि उनलाई भारतीय एसएसबीले अस्पताल पुर्याएका हुन् । परिस्थितिको आकलन गर्दै उनीहरूलाई भारतको धारचुला सीता पुल हुँदै नेपाल प्रवेश गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर