नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले सम्पन्न — OSNepal

नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले सम्पन्न

admin September 21, 2024 0

नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले बालकुमारीस्थित म्यूजिक सिटी हलमा भव्य रुपमा सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य तथा नेकपा एमालेकी सचेतक सुनिता बरालको प्रमुख आतिथ्यता तथा संचारकर्मी राजेन्द्र लुईटेल(राज)को विशेष आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा विजयी बन्न सफल भएका थिए । संचारकर्मी तथा ईभेन्ट डाईरेक्टर सोनीतराज ढुंगेल,संचारकर्मी अरुणा श्रेष्ठ,एमएस ईन्टरनेशनल तथा डान्सर सीता सुवेदी तथा मिस्टर नेपाल अभिषेक श्रेष्ठको निणार्यक टिमले प्रतियोगीताको निणार्यक भूमिका निर्वाह गरेका थिए ।

किड्स, टिन र व्वायज गरेर ३ क्याटगोरी रहेको प्रतियोगीतामा कक्षा ३ देखि ९ सम्म का प्रतियोगीहरु रहेका थिए । काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरुबाट छनौट भएका विद्यार्थीहरुले ग्राण्ड फिनालेमा आ आफ्ना प्रस्तुती प्रर्दशन गरेका थिए । ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडको आयोजनामा आयोजित उक्त प्रतियोगीताको प्रतियोगीहरुलाई करिव एक महिनाको विभिन्न लाभदायिक प्रशिक्षण पश्चात ग्राण्ड फिनाले मा उतारिएको थियो । सुमी बानियाको कोरियोग्राफी रहेको प्रतियोगीताको कार्यक्रम संयोजन नृत्य प्रशिक्षक सन्दिप भूजेलले गरेका थिए ।

बालवालिकाहरुको नेपाली कला संस्कृतिको जानकारी दिनुका साथै उनीहरुको प्रतिभामा थप निखारता ल्याई कार्यक्रमको माध्यमबाट प्रतिभा प्रस्फुटन गर्नु संस्थाको उद्देश्य रहेको आयोजक प्रमुख सबिना श्रेष्ठले जानकारी दिईन । विजेतालाई विभिन्न संघ संस्थाबाट क्राउन,ट्रफी सहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर