आफ्नै नेतृत्वको सरकारलाई प्रश्न गर्दै थापाले भने- सरकार भारतसँग लड्छ कि लड्दैन ? — OSNepal

आफ्नै नेतृत्वको सरकारलाई प्रश्न गर्दै थापाले भने- सरकार भारतसँग लड्छ कि लड्दैन ?

LC (KTM) August 03, 2021 0

काठमाडौं १९ साउन । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य गगन थापाले दार्चुलाको घटनालाई यो सरकारले कसरी लिएको छ भनि प्रश्न गरेका छन् ।

आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले जयसिंह धामीको घटनामा सरकारले कसरी विश्वास दिलाउन सक्छ भन्ने प्रश्न गरेका हुन् ।

भारतीय पक्षले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को कुनै संलग्नता नभएको मिडियामा आएको छ, यदि यस्तो हो भने भारतीय एसएसबीले छानबिन समितिलाई कस्तो सहयोग गर्ला ?, भन्दै बैठकमा गृहमन्त्री बालकृष्ण खाँडलाई प्रश्न गर्दै उनले भनेका छन् , ‘हाम्रो छानबिन समितिले घटनाको सत्यतथ्य कसरी ल्याउला ? यसबारे गृहमन्त्रीले कसरी विश्वास दिलाउन सक्ला ?, सरकार भारतसँग लड्छ कि लड्दैन ?’

गत शुक्रबार तुइन चढेर महाकाली नदी तर्दै गर्दा भारतिय एसएसबीले तुइन काटिदिँदा धामी महाकालीमा वेपत्ता भएका थिए । थापाले भारतीय सरकार इटाली सरकारसँग लडेको २०१२ घटनालाई अवगत गराउँदै नेपाल सरकारपनि भारतसँग लड्नु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर