राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पहिलो महाधिवेशन घोषणा — OSNepal

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पहिलो महाधिवेशन घोषणा

LC (KTM) September 18, 2024 0

काठमाडौँ, २ असोज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन विसं २०८२ वैशाख अन्तिममा हुने भएको छ । रास्वपाको काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले वैशाख २५, २६ र २७ गतेका लागि महाधिवेशनको मिति घोषणा गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी सभापति लामिछानेले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिवर्तन गर्नुभएको छ । रास्वपाको गत साउनको १८ र १९ गते बसेको बन्द कार्यशाला बैठकले आगामी वैशाखको तेस्रो साता महाधिवेशन गर्न सुझाव दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर