‘घोर अन्याय भो’मा शिल्पा र नेत्रको रोमान्स — OSNepal

‘घोर अन्याय भो’मा शिल्पा र नेत्रको रोमान्स

LC (KTM) September 17, 2024 0

काठमाडौंँ । गायक गोविन्द राईको स्वर रहेको गीत ‘घोर अन्याय भो’ सार्वजनिक भएको छ । गजल शैलीमा तयार प्रेमपिडा बोल्ने गीतमा लय संग्रौलाको शब्द तथा विकास चौधरीको संगीत छ । गीतको एरेन्ज संजय हमालले गरेका हुन् ।

गीतको भिडियोमा शिल्पा पोखरेल, नव प्रस्तुति नेत्र चौलागाईको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा शिल्पाले नेत्रलाई प्रेममा धोका दिएर पुष्कर राउतसँग बिबाह गरेको देखाइएको छ । भिडियोमा शिल्पा र नेत्रको जोडी सुहाउँदोछ ।भिडियोको निर्माण प्रज्ञा फिल्मस्ले गरेको हो । फिल्म तथा टेलिफिल्म निर्माण गर्दै आएको प्रज्ञा फिल्मस्ले अब निरन्तर भिडियो निर्माण गर्दै नव प्रतिभालाई अवसर दिने उदेश्य सहित भिडियो निर्माणमा हात बढाएको हो ।

मदन कस्यप घिमिरेको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको भिडियोमा कोरियोग्राफी तथा निर्देशक सुरेश पाण्डेको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर