दीपक बराईलीको गीत 'च्वाप्प मोई खाउँला' सार्वजनिक — OSNepal

दीपक बराईलीको गीत ‘च्वाप्प मोई खाउँला’ सार्वजनिक

LC (KTM) September 11, 2024 0

काठमाडौं । गायक दीपक बराईलीको स्वरमा रहेको गीत ‘च्वाप्प मोई खाउँला’ सार्वजनिक गरिएको छ । फराज अर्पणको शब्द संगीत र एरेञ्जमा तयार भएको गीत सोमवार सार्वजनिक गरिएको हो ।ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा बिकास लामिछाने र श्रीसा कुँवरको अभिनय रहेको छ । रोमान्टिक लभस्टोरीमा तयार पारेको गीतमा विजेश्वर तण्डुकारको मिक्सिङ छ ।

यस्तै गीतमा विभोर पोखरेलको सम्पादन, नहकुल खड्काको कलर ग्रेडिङ र बिशाल थापाको सिनमाटोग्राफी रहेको छ । दीपक बराईलीले आफ्नो गायकीमा ‘म बाट’, ‘शराबको सारै राम्रो’, ‘सुख दुःख’, ‘इशारा देऊ’, ‘तिम्रो लागि’, ‘आँशु दिने’लगायत दर्जन बढि गीत बजारमा ल्याईसकेका छन् ।दीपक बराईलीको सबै गीतको भिडियो पनि सार्वजनिक भइसकेको छ भने अधिकांश गीतमा उनी आफै मोडलको रुपमा देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर