काठमाडौं- २३३ नेपाली सेनाको टोली मंगलबार दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ २३३ जनाको टोली त्यस तर्फ गएको हो ।
सुडानमा तैनाथ कालीध्वज गण १० औं डफ्फालाई बदली गर्नका लागि प्रमुख सेनानी शिखर जबराको नेतृत्वमा नेपाली सेनाको टोली सुडान गएको हो ।
बुधबार पहिलो फ्लाइट, भदौ ९ गते दोश्रो फ्लाइट र ३० गते अन्तिम फ्लाइटमार्फत् टोली नेपाल फर्किने कार्यक्रम छ । दक्षिण सुडानमा खटिएका नेपाली सैनिकको टोली नेपाल फर्कने तयारीमा छन् ।