प्रधानमन्त्री ओली ज्यु नबालिकालाई हिंसा गर्ने एमालेकी प्रदेश सांसदलाई समाउने कि नसमाउने ? - बालेन शाह — OSNepal

प्रधानमन्त्री ओली ज्यु नबालिकालाई हिंसा गर्ने एमालेकी प्रदेश सांसदलाई समाउने कि नसमाउने ? – बालेन शाह

LC (KTM) September 01, 2024 0

प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं महानगरका मेयर बालेन शाहले नबालिकालाई हिंसा गर्ने एमालेकी प्रदेश सांसद रेखा शर्मालाई कहिले पक्राउ गर्ने भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन् – वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।

सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु ,सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला ।कहिले समाउने ?? कि नसमाउने ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर