उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले राजनीतिक अस्थीरताको असर मुलुकको अर्थतन्त्रमा परेकाले स्थीर सरकार बनाउनुपरेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिक साधारणसभालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै पौडेलले बर्षमा तीनपटक अर्थमन्त्री फेरिने अस्थीरताको अवस्थाले मुलुकको अर्थतन्त्र लगाएतका क्षेत्रमा नकारात्मक असर परेको भन्दै स्थीर सरकार बनाउनुपरेको बताउनुभएको हो । उहाले अव छिटोछिटो मन्त्री परिवर्तन हुने परिपाटी राकिने बताउनुभयो ।
वाह्य क्षेत्र सबल हुँदाहुँदै पनि माग बढ्न नसकेको र प्रयाप्त तरलता हुदाहुदै पनि लगानी बढ्न नसकेको अवस्थालाई सवै मिलेर अन्त्य गर्नुपर्ने उहाको भनाइ छ । अर्थमन्त्री पौडेलले अहिलेको मौद्रीक नीति लचिलो रहेको र अर्थतन्त्रको समस्या समाधानका लागि केहि योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । अर्थतन्त्रलाई गतिशिल बनाउनका लागि सरकारको कदम प्रयाप्त नभएको देखिएकोले सरकार निजि क्षेत्रलाई साथमा लिएर सशक्त ढंगले अघि बढ्न तयार रहेको उहाले बताउनुभयो ।
त्यस्तै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले निजि क्षेत्रको मनोवललाई उच्च राख्न केहि आधारशीला तयार भएको भन्दै यसवर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्ने धारणा राख्नुभयो । चालू आर्थिक बर्षको सुरुमै पूजीगत खर्च राम्रो देखिएको, राजस्व संकलन सकारात्मक, कर्जा प्रवाहले समेत राम्रो संकेत देखाएको उहाले बताउनुभयो । उहाले अर्थतन्त्रलाई सुधारका लागि सरकारसंग समन्वय गरेर आवश्यक ऐन कानूनको सुधारमा ध्यान दिएको उल्लेख गर्नुभयो ।
त्यस्तै उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सेयर लगाएतका घरजग्गा लगाएतका क्षेत्रमा देखिएका सकारात्मक संकेतलाई दिगो बनाउनुपर्नेमा जोड दिनुभयो । निजि क्षेत्रलाई पनि अख्तियारको दायरामा ल्याउने कामले अर्थतन्त्रमा असर पर्न सक्ने उहाको भनाइ छ ।