गीतकार कैलाश, गायिका सज्जा र मोडल मोनाको 'बालिका'को चर्चा, दर्शकले रुचाए भिडियो — OSNepal

गीतकार कैलाश, गायिका सज्जा र मोडल मोनाको ‘बालिका’को चर्चा, दर्शकले रुचाए भिडियो

admin August 31, 2024 0

काठमाडौँ । नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईंको बालिका बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा गीतकार कैलाश घिमिरेको शब्द तथा संगीतकार श्रीकन्त सोनवानेको संगीत रहेको छ। युवा निर्देशक अनुप चापागाईको निर्देशनमा तयार भएको भिडियो नारी शक्तिमा आधारित छ । यो समाचार तयार पार्दासम्म भिडियो करिब १ लाख ३० हजार दर्शकले हेरिसकेका छन् ।

भिडियेमा समाजमा हुने विभेद शोषण लगायतका विषय बस्तुहरुलाई निर्देशक अनुपले कलात्मक शैलीमा देखाएका छन् । जहाँ एउटी नारीले आफ्नो अधिकार लिनका लागि गर्नु परेको संघर्षलाई नजिकबाट देखाइएको छ । भिडियोमा मुख्य रुपमा मोना घिमिरेको अभिनय देख्न सकिन्छ । न्याय, सम्मान् र सह अस्तित्वको आवाज बोकेको सार्वजनीक गीतले नारीलाई देवीको रुप दिएर एउटा सम्मान गर्ने काम पनि गरेको छ । निर्माण यूनिटले भिन्न शैलीको भिडियो भएका कारण दर्शक स्रोताको राम्रो प्रतिक्रिया पाउने आशा गरेका छन् ।

आमा क्रियशनबाट बजारमा ल्याइएको सार्वजनिक गीतको छायांकन अर्जुन तिवारी बुद्ध गथापाको टिमले गरेको हो भने विकाश दाहालले सम्पादन गरेका हुन् । गायिका सज्जा चौलागाईं गायन रियालिटी शो ‘नेपाल आइडल सिजन – ३’की विजेता समेत हुन् । संगीतमा भविष्य, भाग्य र जिन्दगीको भरथेग खोजिरहेकी सज्जाको परिचयलाई नेपाल आइडलले फराकिलो बनायो । नेपाल आइडलको यात्रा रहर थियो सपना थिएन उनका लागि । तर रहर गरे के पुग्दैन र । उनको रहरले सपना जन्मायो र जुन पूरा पनि भयो । ‘रहर र बाध्यताबीच रुमल्लिएकी मलाई नेपाल आइडलले पहिचान दियो, स्थापित ग¥यो, मजबुरीबीच लतारिएका सपनालाई पूरा गर्ने मौका दिएको सज्जा बताउँछिन् । नेपाल आइडल सिजन – ३ को उपाधि जितिसकेपछि सज्जाले आफ्नो संगीत जीवन तीव्र गतिमा अगाडि बढ्ला भनेर सोचेकी थिइन् । तर अहिले कल्पना गरे जसरी संगीतमा काम गर्न नसकिएको हो कि भन्ने लाग्न थालेको छ ।

कारण जसरी उनले संगीत बजारमा रफ्तारका साथ एकपछि अर्को गीत दिन्छु भनेर सोचेकी थिइन् त्यस्तो भएको छैन । सज्जा भन्छिन् बजारले भाइरल खोज्छ । बजारमा देखिन केही न केही फन्डा गरिरहनुपर्छ । तर उनलाई फन्डा गर्न आउँदैन, मन पनि लाग्दैन । उनी अगाडि भन्छिन्, म सधैं एकैनासले बाँच्ने सामान्य स्वभावको मान्छे हुँ उनी भन्छिन् । २०५४ सालमा काठमाडौंमा जन्मेकी हुन् सज्जा । काठमाडौंमा जन्मेपनि उनको बाल्यकाल भने मोरङको पत्थरी(शनिश्चरेमा बित्यो । आफ्नो ‘सज्जा एण्ड द लोडिङ ब्यान्ड’मार्फत ‘सुस्तरी’ र ‘प्राप्ति’ बोलका गीत बजारमा ल्याइसकेकी सज्जाका केशी आशा गरिएका गीतहरु केही समयमा बजारमा आउने तयारीमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर