काठमाडौं – काभ्रे, भुम्लु गाउँपालिका-१० छपन्न किलोस्थित सडकमा काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा.२ ख ९०६४ नम्बरको बसको ठक्करबाट अन्दाजी ४५ वर्षीया महिलाको बिहीबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, कलैया उपमहानगरपालिका-१६ विद्यानगरस्थित सडकमा कलैयाबाट पिलुवातर्फ जाँदै गरेको लु.९५ प ६३५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २४ वर्षीय पुरूषको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।