आज पनि यि यि प्रदेशमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह — OSNepal

आज पनि यि यि प्रदेशमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

LC (KTM) August 03, 2021 0

काठमाडौं -आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भाबना रहेको छ । हाल मनसुनी वायुको प्रभाव रहेको कारण शका अधिकांश भू(भागमा सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

प्रदेश १, बागमती , गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

बुधबार पनि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै अनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर