सप्तरीमामा तिब्र गतिको मोटरसाइकलले बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना, बुधसागर र २८ वर्षीय रामशङ्करको घटनास्थलमै मृत्यु — OSNepal

सप्तरीमामा तिब्र गतिको मोटरसाइकलले बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना, बुधसागर र २८ वर्षीय रामशङ्करको घटनास्थलमै मृत्यु

LC (KTM) August 03, 2021 0

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका–१७ का २८ वर्षीय रामशङ्कर यादव र सप्तरीको शम्भुनाथ नगरपालिका–५ का २९ वर्षीय बुधसागर चौधरी रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
यादव प्रदेश नं २–०१–००१ प ९५५६ नंको मोटरसाइकल र चौधरी स।११ प ४०३८ नंको मोटरसाइकलमा सवार थिए । बसलाई ओभरटेक गर्ने क्रममा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ । चौधरीले चलाएको मोटरसाइकल पछाडि सवार सप्तरीको शम्भुनाथ–७ का २८ वर्षीय आनन्द चौधरी र यादवले चलाएको मोटरसाइकल पछाडि सवार सिरहाको लहान–२० की २३ वर्षीय सोनम चौधरी घाइते भएका छन् । उनीहरूको उपचार लहानमा भइरहेको छ ।

मृतकको शव लहान नगरपालिकास्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर