नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ।बुधबार प्रतितोला आठ सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ आज एक हजार एक सय रूपैयाँ घटेर एक लाख ५१ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने सामान्य घटेको छ।बुधबार प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।