उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको बताउनुभएको छ । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारसंगको छलफलका क्रममा स्थानीय तहसँग आवश्यक समन्वय गर्दै उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको बताउनुभएको हो ।
उहाले करिडोर नजिकको बस्तीमा डुवानको समस्या समाधानका लागि पनि सम्बन्धीत निकायसंग छलफल भइरहको जानकारी दिनुभयो । सरकारले अहिले नीति निर्माणमा बढी जोड दिइरहेको उहाले बताउनुभयो । सिंहले मन्त्रालयले गरेका कुराहरुलाई तथ्यका आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । आफुले मन्त्रालय सम्हालेपछि सवै निकायसंगको छलफलका आधारका कामहरुलाइ अघि बढाइएको उहाले बताउनुभयो ।
त्यस्तै उहाले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरि बन्दोवस्ती मिलाउन लागिएको पनि जानकारी दिनुभयो । उपप्रधानमन्त्री सिंहले उहाँले यसअघि सरकार अस्थिर हुँदा प्रक्रियामा ढिलाई भएको भन्दै अहिले संसदकै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने प्रक्रियाले अब गति लिने बताउनुभयो ।