आज कोरोनाबाट १ सय ४५ जनाको निधन — OSNepal

आज कोरोनाबाट १ सय ४५ जनाको निधन

LC (KTM) May 16, 2021 0

काठमाडौं । आइतबार ७ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा १९ हजार ५३९ पीसीआर परीक्षणमा ७ हजार ३१६ जनामा संक्रमण देखिएको हो । त्यस्तै पछिल्ले २४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका े । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, १४५ जना कोरोना मृतक थपिएका छन् । क्वारेन्टाइनमा ७०१ जना रहेका छन् । कोरोना संक्रमणका कारण पछिल्ला केहीदिन यता मृत्यु हुनेको संख्या घटेको छ । शनिबार १ सय ८७ जनाको निधन भएकोमा आइतबार त्यो संख्या घटेर १४५ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसअघि करिब २ सय र त्यो भन्दा पनि ग्राफ माथि गइरहेको अवस्थामा आइतबार मृत्युदर घटेको मन्त्रालयले जनाएको छ ।

यो पनि स् रहेनन् ‘तिजको लहर आयो बरिलै’, ‘कलिलो तामालाई सोध रामालाईु जस्ता गीतका रचनाकार चेतन कार्की

काठमाडौ । वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक चेतन कार्कीको निधन भएको छ । उनको कोरोनाका कारण ८३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । कार्कीलाइ एक साताअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको थियो । शनिबार सम्म उनको अवस्था राम्रै रहेपनि उनको आज बिहान १० बजे निधन भएको बताइएको छ । कार्कीले विश्वास, पहिलो प्रेम, मनको आँखा लगायत चलचित्रमा निर्देशन गरेका थिए ।

साथै उनले ‘तिजको लहर आयो बरिलै‘’, ‘कलिलो तामालाई सोधे रामालाई।।’ जस्ता लोकप्रिय गीत समेत रचना गरेका थिए । लेखक तथा साहित्यकार उनका श्रीमती र दुईजना छोरा रहेका छन् । साथै, उनले सय भन्दा बढी चलचित्रका कथा समेत लेखेका छन् । उनले चलचित्र ‘परिवर्तन’देखि चलचित्र लेखनको काम सुरु गरेका थिए ।निर्देशक तथा कलाकार निर शाहले नेपाली चलचित्रका एक जिउँदो इतिहासलाई गुमाउनु परेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर