पछिल्लो २४ घण्टामा २३ जनाको कोरोनाका कारण निधन, १७५ जना भेन्टिलेटरमा ! — OSNepal

पछिल्लो २४ घण्टामा २३ जनाको कोरोनाका कारण निधन, १७५ जना भेन्टिलेटरमा !

LC (KTM) August 02, 2021 0

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना   संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार आज १० हजार ६१३ नमुनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ एन्टिजेन परीक्षण गर्दा ८४६ जना गरी ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।त्यस्तै सोही अबधीमा १ हजार ९२५ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ९९ हजार ६४९ पुगेको छ भने एन्टिजेनबाट ६२ हजार ७८३ पुगेको छ । यस्तै संक्रमितमध्ये ६ लाख ५८ हजार १२२ जना निको भएका छन् ।

यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ८९८ हुँदा निको हुने दर ९४.१ प्रतिशत रहेको छ । अर्थात हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ। यस्तै २८ हजार ४०५ जना होम आइसोलेशन मै हुँदा ३ हजार २२४ जना भने संस्थागत आईसोलेशनमा रहेका छन् । आईसीयू र १७५ जना भेन्टिलेटरमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर