कोरोना संक्रमणको हटस्पट बनेको काठमाडौं उपत्यकामा २ हजार ६०९ संक्रमित थपिए — OSNepal

कोरोना संक्रमणको हटस्पट बनेको काठमाडौं उपत्यकामा २ हजार ६०९ संक्रमित थपिए

LC (KTM) May 16, 2021 0

काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्ला केहीदिन यता मृत्यु हुनेको संख्या घटेको छ । शनिबार १ सय ८७ जनाको निधन भएकोमा आइतबार त्यो संख्या घटेर १४५ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसअघि करिब २ सय र त्यो भन्दा पनि ग्राफ माथि गइरहेको अवस्थामा आइतबार मृत्युदर घटेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतबार ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको हटस्पट नै बनेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६०९ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबै भन्दा बढी एक हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, भक्तपुरमा २९२ जना र ललितपुरमा ४३६ जना गरी कुल २ हजार ६०९ जना नयाँ संक्रमित थपिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर