इमान्दारिता नभए विज्ञताको अर्थ छैनः नारायणमान बिजुक्छेँ — OSNepal

इमान्दारिता नभए विज्ञताको अर्थ छैनः नारायणमान बिजुक्छेँ

LC (KTM) August 12, 2024 0

भक्तपुर-नः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले जुनसुकै पेशा, व्यवसाय तथा क्षेत्रमा इमान्दारिता सबैभन्दा ठूलो विषय भएको बताउनुभएको छ ।
निओ फ्युजन स्कुल अफ कम्प्युटर आयोजना गरेको पुरस्कार वितरण एवं अभिनन्दन कार्यक्रममा उहाँले जुनसुकै क्षेत्रका विज्ञ भए पनि पेशासँंगै इमान्दारिता, नैतिकता, सदाचार हुन अत्यन्तै जरुरी रहेको बताउनुभयो । अनुशासन छैन भने विज्ञताको कुनै अर्थ नहुने उल्लेख गर्दै उहाँले युवा पुस्तालाई यसको महत्व बुझाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा उहाँले नेपालको वरिष्ट पौभा कलाकार सूर्यबहादुर चित्रकारलाई सम्मान पत्र प्रदान गर्नुभयो । साथै विभिन्न विधामा निःशुल्क प्रशिक्षण दिने प्रशिक्षकहरुलाई प्रंशसा पत्र प्रदान गरिएको थियो ।

संस्थाले यसवर्ष एसइई दिएर बसेका दुई सय ३८ जना पुरुष र एक सय ९२ जना महिला गरी कुल ४६० जनालाई विभिन्न १० वटा तालिम दिएको जनाएको छ । संस्थाले हालसम्म विभिन्न विधामा छ हजार सात सय ८० जनालाई विभिन्न तालिम प्रदान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर