बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउँछौँः मन्त्री पौडेल — OSNepal

बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउँछौँः मन्त्री पौडेल

LC (KTM) August 09, 2024 0

नेपालगञ्ज, २५ साउनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज यहाँ पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले सबैलाई समेट्ने गरी यसको दायरा फराकिलो बनाउने काम भइरहेको जानकारी दिनुभयो । मन्त्री पौडेलले भन्नुभयो,“स्वास्थ्य क्षेत्र सुधारका लागि छिट्ट नयाँ कामहरू घोषणा गर्ने गरी काम भइरहेको छ । आमा सुरक्षा कार्यक्रमलाई पनि थप प्रभावकारी बनाउने योजना बनाइरहेका छौँ ।”

उहाँले सरकारी र निजी अस्पताललाई व्यवस्थित र नागरिकमैत्री बनाउन तथा अस्पतालहरूमा बिरामीको लाइन हटाउने विषयमा आफू सूक्ष्म अध्ययनमा रहेको समेत बताउनुभयो ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेले गरिब र निमुखा जनताको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने गरी नयाँ ढङ्गले काम गर्न मन्त्री पौडेल सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । भेरी अस्पतालको स्तरवृद्धि, भौतिक पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका लागि मन्त्री पौडेललाई आग्रह गर्नुहुँदै उहाँले सुशील कोइराला क्यान्सर अस्पतालमा अहिलेसम्म दरबन्दी नै नभएकोप्रति ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर