काठमाडौं १८ साउन । डाँका तथा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भुटानी शरणर्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा दमक नगरपालिका ३ स्थित भुटानी शरणर्थी शिविर बेलडाँगी बस्ने ३१ वर्षीय सुवास विश्वा ९विक० रहेका छन् ।
२०७३ फागुन १९ गते जिल्ला अदालत भोजपुरले डाँका मुद्दामा ६ वर्ष कैद र १२ लाख ७७ हजार २ सय ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका विकलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय दमकको समन्वयमा उनकै ठेगानामा लुकीछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
२०६९ असार १८ गते राति भोजपुर नगरपालिका २ हेलौछाको जङगलमा सुवास समेत ७ जनाको समूहले सोही नगरपालिका २ बस्ने सडक निर्माण समितिका अध्यक्ष धन बहादुर राई समेतले सडक निर्माणमा काम गर्ने मजदुरहरुलाई नगद रुपैयाँ बितरण गर्न जान लागेको अवस्थामा नगद ८ लाख ५१ हजार ५ सय रुपैयाँ लुटपाट गरी डाँका गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
पक्राउ परेका निजलाई जिल्ला अदालत भोजपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानका लागि भोजपुर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।