काठमाडौँ महानगरको खोप अभियान एक्कासी किन स्थगित भयो ? — OSNepal

काठमाडौँ महानगरको खोप अभियान एक्कासी किन स्थगित भयो ?

LC (KTM) August 02, 2021 0

काठमाडौं । चीन, अमेरिका, भारत लगायतका देशबाट नेपालमा कोभिडविरुद्धको खोप आउने क्रम जारी रहेको छ । तर मौज्दात गरिएको कोभिडविरुद्ध लगाइने खोप काठमाडौँ महानगरपालिकामा सकिएपछि खोप कार्यक्रम तत्कालका लागि स्थगीत गरिएको छ ।

शहरी स्वास्थ्य विभाग प्रमुख हरि बहादुर कुँवरका अनुसार ४५ वर्ष उमेर समूहका माथिकालाई लगाइएको खोप सकिएकाले स्थगित गर्नु परेको हो । काठमाडौं महानगरपालिकाले खोप अभियान अर्को सूचना जारी नभएसम्मका लागि स्थगीत गरिएको हो ।

कुँवरले खोप कार्यक्रम ४ दिन चलेको र अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएका छन् । यसअघि भारतीय खोप कोभिसिल्ड लगाएकाहरुले पनि पहिलो डोज लगाए तर त्यसपछि खोप नआएपछि उनीहर खोपको प्रतिक्षामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर