काठमाडौँ १८ साउन । मानव बेचबिखन तथा ओसारपसारमा अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१२ अमरसिंहचोक स्थित एस.के. खाजाघर संचालन गरी बस्ने बर्ष ५३ की सोनाम गुरुङ र जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२७ रिठ्ठेपानी बस्ने बर्ष ३२ को रोशन गुरुङ रहेका छन् ।
राम्रो काममा लगाईदिन्छु भनि महिलाहरुलाई डरत्रास देखाई ललाई फकाई प्रलोभनमा पारी पैसाको मोलमोलाई समेत गरी यौनशोषण गर्न लगाउने गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलाय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले निजहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुर्व जनालाई मानव वेचबिखन तथा ओसार पसार मुद्धामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । साथै पिडित महिलाको मनोपरामर्श गरी आफन्तको जिम्मा लगाईएको छ ।