काठमाडौ १७ साउन: काभा महिला भलिबल नेसन्स लिग प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा भारतले इरानलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा भारतले इरानलाई ३-१ को सेटमा पराजित गरेको हो । खेलको पहिलो र दोस्रो सेट भारतले २५-२० र २५-१८ ले आफ्नो पक्षमा पारेको थियो ।
तेस्रो सेटमा इरानले पुनरागमन गर्दै २५-१९ ले खेल जित्यो । त्यसपछिको सेटमा इरानलाई २५-१० ले पराजित गरेपछि भारतको जित पक्का भयो । प्रतियोगिताअन्तर्गत आजै भएको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गरेको थियोे ।