प्रधानमन्त्री ओलीले भने - स्वास्थ्य अवस्थाले साथ दिएसम्म बालुवाटारमा पार्टीको बैठक राख्ने छैन — OSNepal

प्रधानमन्त्री ओलीले भने – स्वास्थ्य अवस्थाले साथ दिएसम्म बालुवाटारमा पार्टीको बैठक राख्ने छैन

LC (KTM) August 01, 2024 0

काठमाडौँ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने बताएका छन् । बिहिबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म बालुवाटारमा पार्टीको बैठक नराख्ने बताएका ह’g\ .

उनले लेखेका छन्– ‘सामाजिक सञ्जाल मार्फत तपाईँहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु।आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।’

आज बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर