साउनको दोश्रो सोमबार डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइचो — OSNepal

साउनको दोश्रो सोमबार डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइचो

LC (KTM) July 29, 2024 0

भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइचो लागेको छ । साउनको दोश्रो सोमबार सूर्यविनायक नगरपालिका सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो ।

२०६६ सालमा केदारनाथको शिर घोषणा गरिएपछि हरेक वर्षको साउन महिना मन्दिरमा पूजापाठका लागि भक्तजनको घुइचो लाग्ने गरेको छ । साउन महिनामा डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेला सञ्चालन भइरहेको छ ।साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर