भूकम्पले मुहान सुकेपछि जाजरकोट रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या — OSNepal

 भूकम्पले मुहान सुकेपछि जाजरकोट रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या

LC (KTM) July 29, 2024 0

सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको सङ्कट परेको हो ।

रिम्नावासी भावना रानाले भनिन्,“ अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ ।” भेरी–१ रिम्नास्थित दिलमाया रानाले धारामा पानी आउन छाडेको करिब नौ महिना बितेको बताइन् । उनले भनिन्, “हाम्रो दुःख बुझ्ने कोही भएनन् । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर