अब माननीयहरुले तलब, भत्ता राष्ट्रिय वाणिज्य बैंकबाट पाउने — OSNepal

अब माननीयहरुले तलब, भत्ता राष्ट्रिय वाणिज्य बैंकबाट पाउने

LC (KTM) August 02, 2021 0

काठमाडौं- संघीय संसदका माननीयहरुले अब सरकारी बैंकबाटै तलब, भत्ता पाउने भएका छन् । आइतबार संघीय संसद् सचिवालयले एक विज्ञप्ति जारी गर्दै लामोे समयको अथक प्रयासपछि संघीय संसद्को पूर्ण कारोबार सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत् प्रारम्भ गरिएको जानकारी दिएको हो । यस अघि उनीहरुले निजी बैंकबाट मासिक तलब, भत्ता पाउँदै आएका थिए ।

बीचमा खाता परिवर्तन गर्न कठीनाइ भएको र २०७८ असार ३१ गतेको पुनः ताकेता पछि सिंहरबारस्थित सबै कार्यालयका सरकारी खाताहरु सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्न सभामुखको पहलमा अर्थ मन्त्रालयले निर्देशन दिइएको छ ।

संघीय संसद् सचिवालयले २०७७ मंसिर १८ गते सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व रहेको बैंक, सरकारी राष्ट्रिय वाणिज्य बैंकमार्फत् गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर