त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा परेको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार जहाज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको छन्। विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको छ। सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन्। जहाज रनवेमा दुर्घटना भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । सेतका अनुसार जहाजभित्र रहेका यात्रुहरू जोखिम अवस्थामा देखिएका छन् ।
जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको थियो । जहाजको दुई ठाउँबाट धुवाको मुस्लो निस्केको छ । यसले जहाजको एउटा टुक्रा उछिट्टिएको देखिन्छ । जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालित भएका थिए । जहाजमा लागेको आगो निभाउन उद्धार टोली सक्रिय रहेको छ । जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।