हिट गीत दमौलीमा गेट नयाँ स्वरुपमा बाहिरियो — OSNepal

हिट गीत दमौलीमा गेट नयाँ स्वरुपमा बाहिरियो

LC (KTM) July 24, 2024 0

काठमाडौँ । आज भन्दा २० बर्षअघि निकै चर्चामा रहेको लोक तथा दोहोरी गीत दमौलीमा गेट गीतलाई नयाँ स्वरुप दिएर सार्वजनिक गरिएको छ । ६० को दशकमा क्यासेटको जमानामा घमेश दुलाल, बिमा कुमारी दुरा र राजेन्द्र कुमार कार्कीको आवाजमा सार्वजनिक भएसँगै निकै लोकप्रिय बनेको गीतलाई नयाँ भर्सनमा सार्वजनिक गरिएको हो ।

अहिले ६ जना गायक तथा गायिकाहरुले स्वर दिएका छन् । जसमा राजेन्द्र कुमार कार्की, चन्द्र शर्मा, अमृत खाती, सुस्मा शाही ठकुरी, सुनिता बग्दास सापकोटा र सिमा थापा क्षेत्रीको स्वर सुन्न सकिन्छ । शब्द भने गायिका सुस्मा शाही ठकुरी र गायक राजेन्द्र कुमार कार्कीले लेखेका छन् । संगीत राजेन्द्र कुमार कार्कीकै रहेको छ । गीतमा सङ्गीत सम्योजन कृष्ण केसी , रेकर्डिङ सुमन राना र मिक्सिङ तथा मास्टरिङ मारुनी रेकर्डिङ स्टुडियोका कुमार रानाले गरेका हुन् ।

गीतको भिडिओमा भने लोकप्रिय मोडल लोमस शर्मा र जुना विश्वकर्मा सहितको टिमको नृत्य देख्न सकिन्छ । मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशन रहेको भिडिओ उत्सव दाहालले खिचेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडिओमा मेकअप स्वस्तिका श्रेष्ठको रहेको छ ।

गीतलाई लिएर गायक चन्द्र शर्मा उत्साहित देखिन्छन् । उनले क्यासेटको समयमा लोकप्रिय गीतलाई केहि फरकपन दिएर गाउन पाउँदा खुसी लागेको बताए । यस्तै गायिका सिमा थापा क्षेत्रीले अहिलेको समयमा यस्तो प्रकारका गीत आउनै छाडेको भन्दै उनले यो किसिमको गीतलाई दर्शक तथा स्रोताले माया गर्नेमा विश्वास राखेकी छिन् । गीतको भिडिओ सुस्मा शाही ठकुरी युट्युव च्यानलमा सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर