मैत्रीपुर्ण खेलमा चेल्सीद्धारा आर्सनल पराजित — OSNepal

मैत्रीपुर्ण खेलमा चेल्सीद्धारा आर्सनल पराजित

LC (KTM) August 01, 2021 0

आज भएको मैत्रीपुर्ण खेलमा चेल्सीले आर्सनललाई स्तब्ध बनाएको छ । प्रि सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा चेल्सीले आर्सनललाई एकका बिरुद्ध दुई गोलले स्तब्ध बनाएको हो ।

आइतबार इमिरेट्स स्टेडियममा भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्टेज र टामी अब्राहमले एक एक गोलको योगदान दिएका थिए । आर्सनलका लागि ग्रानिट झाकाले सान्त्वना स्वरुप एक गोल फर्काएका थिए ।

खेलको २७ औं मिनेटमा हाभर्टेजले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा झाकाले गोल गर्दै आर्सनललाई एक एकको स्थितीमा फर्काएका थिए । तर, खेलको ७२ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई दुई एकको को जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर