सन् २०३० विश्वकप फाइनलका लागि स्पेनमा आयोजक मैदानहरू पुष्टि गरियो — OSNepal

सन् २०३० विश्वकप फाइनलका लागि स्पेनमा आयोजक मैदानहरू पुष्टि गरियो

LC (KTM) July 20, 2024 0

स्पेनी खेलकुद अधिकारीहरूले पोर्चुगल र मोरक्कोसँगै देशले आयोजना गर्ने सन् २०३० विश्वकप फाइनल खेलका लागि मैदानका बारेमा निर्णय गरेका छन् । आयोजक रङ्गशालाहरूको पूर्ण सूची जुलाईको अन्त्यसम्ममा फिफालाई आधिकारिक रूपमा प्रस्तुत गरिनुपर्छ । त्यहाँ स्पेनको राजधानी म्याड्रिड र बार्सिलोना दुवैमा दुईवटा मैदानहरू छन् । यसमा रियल म्याड्रिडको सान्टियागो बर्नाबेउ रङ्गशाला र एट्लेटिको म्याड्रिडको मेट्रोपोलिटानो रङ्गशाला छनोट गरिएको छ ।

बाँकी मैदानहरू एथलेटिक क्लब बिलबाओको सान मामेस रङ्गशाला, रियल सोसिडाडको रियल एरिना (सान सेबास्टियनमा) र डेपोर्टिभो ला कोरुनाको रियाजर रङ्गशाला हुन् । सेभिलको एस्टाडियो डे ला कार्टुजा अर्को स्थान हो र सहरमा सेभिल्ला र बेटिसको घरेलु मैदानभन्दा अगाडि छनोट गरिएको छ ।

जरागोजÞामा ला रोमारेडा पनि स्थानहरू मध्ये एक हो । यद्यपि त्यो मैदानलाई व्यापक सुधारको आवश्यकता छ । मैदानको छनोटमा अचम्मको कुरा के छ भने स्पेनको सबैभन्दा ठूलो सहरमध्येको एक भ्यालेन्सियामा कुनै रङ्गशाला छैन । यो मुख्यतया भ्यालेन्सियाको मेस्टाल्ला रङ्गशालालाई पनि व्यापक सुधारको आवश्यकता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर