काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को नेपाल निर्देशक नुमान ओज्कानले शुक्रबार
शिष्टाचार भेट गर्नुभएको छ ।
श्रम मन्त्रालयमा शुक्रबारभएको सो भेटमा उहाँहरुबीच श्रम आप्रवासनका विविध विषयमा विचार विमर्श भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।
सो क्रममा श्रममन्त्री भण्डारीले व्यवसायजन्य सुरक्षा, बालश्रम निवारण तथा मर्यादित कामका क्षेत्रमा आइएलओले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । भेटमा आइएलओका नेपाल निर्देशक ओज्कानले नेपाल आइएलओको ‘गभर्निङ बडी’ मा निर्वाचित भएकामा बधाई दिनुभएको थियो ।