पौडी खेल्ने क्रममा काली गण्डकीमा बगेर बेपत्ता भएका दुई बालक अझै भेटिएनन् — OSNepal

पौडी खेल्ने क्रममा काली गण्डकीमा बगेर बेपत्ता भएका दुई बालक अझै भेटिएनन्

LC (KTM) August 01, 2021 0

बागलुङ नगरपालिका–१ निरयघाटस्थित कालिगण्डकी नदीमा गत बिहीबार दिउँसो पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका यहाँका दुई बालकको स्थिति अझै पत्ता लाग्न सकेको छैन ।

नदीमा बेपत्ता बागलुङ–४ उपल्लाचौरका १३ वर्षीय अभिषेक विक र यमबहादुर पुनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना थाहा हुनासाथ प्रहरी र बेपत्ताका आफन्तजन खोजी कार्यमा जुटे पनि अझै नभेटिएको जिप्रकाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो ।

“खोजी निरन्तर चलिरहेको छ, अझै केही थाहा हुन सकेको छैन”, उहाँले भन्नुभयो । बेपत्ता दुईसहित उपल्लाचौरका चार बालक बिहीबार दिउँसो १ बजेतिर पौडी खेल्न कालीगण्डकीमा पुगेका थिए । सँगै गएका १० वर्षीय प्रश्न विक र १२ वर्षीय विशन पुन भने सोही दिन नै सकुशल सम्पर्कमा आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर