मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध — OSNepal

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

LC (KTM) July 09, 2024 0

बेलबारी (मोरङ), २५ असार : मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पछिल्लो तीन घण्टा सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको र अझ धेरै पानीपर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सुनसरीको सेउती, सर्दु, सुनसरी खोला र मोरङको बूढीखोला, केसलिया, लोहन्द्रा, चिसाङलगायत खोलामा आकस्मिक बाढी आउनसक्ने विभागले जनाएको छ । आज मध्याह्न १२ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर