पछिल्लो २४ घण्टामा २ हजार ५६८ जना संक्रमित थपिदा कति जनाले जिते कोरोना ? — OSNepal

पछिल्लो २४ घण्टामा २ हजार ५६८ जना संक्रमित थपिदा कति जनाले जिते कोरोना ?

LC (KTM) August 01, 2021 0

काठमाडौं -पछिल्लो २४ घण्टामा नेपाल २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ जना र एन्टिजेन विधिबाट ५८७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ९ हजार ८७५ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । त्यस्तै सोही अबधीमा यही अवधिमा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४।१ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ लाख ९५ हजार १३२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर