पारस भट्ट प्यासीको कविता - माया प्रेम — OSNepal

पारस भट्ट प्यासीको कविता – माया प्रेम

LC (KTM) July 08, 2024 0

आजकलत यो माया प्रेम
एउटा फेसन बनिसक्यो”
प्रेमिल मन बनिसक्यो
प्रेमिल संसार बनिसक्यो
प्रेमिल संसार वारपार बनिसक्यो
प्रेममा सारा मान्छे डुबिसके
प्रेममा सारा मान्छे झुमिसके
यो माया मोहको जालमा
सारा सृष्टि फसेको छ,
प्रेमिल रात प्रेमिल दिन
सारा सृष्टि प्रेममा बसेको छ!

बाटोमा हिडिरहेका देख्छु सुन्दर जोडिहरु
हाँसेका छ्न् ,नाँचेका छन् सकभर जोडिहरु
बनमा परेवा जोडिहरु ,ढुकुर जोडिहरु
मनमा मुनामदन जोडि भरपुर जोडिहरु
खुसी बनेका छन् ,हाँसेका छन् रमेका छन्
प्रेममा बसेका थुप्रैको प्रमाण छ मसँग
खोलाको पनि त प्रेम छ किनार सँग
मेरो कोहि छैन र म छट्पटीएको हुँ
म एक्लो छु रत म अनिंदो छु!

हजार सपना बोकेर हिड्छु
प्रेमिल संसार हेरेर हिड्छु
तर आफू म किन कसैको प्रेममा छैन?
आफ्नै मनलाई प्रश्न सोद्छु ”
ए मन तिमिलाई प्रेमिका चाहीदैँन?
कसैको साहारा चाहिँदैन ?
अनि उत्तर दिन्छु चाहिन्छ नि
मलाई माया नचाहिने हैन
तर प्रेमिका बनाउन सकेको छैन
अब त मैले सोच्नुपर्छ
यस्तो कि कसैलाई रोज्नुपर्छ!

सानू भन्न मन छ माया भन्न मन छ
मलाई पनि जोडि बन्न मन छ
उनी संगै हिड्न मन छ बस्न मन छ
गहिरो माया प्रेममा फस्न मन छ
कोहि त भेटिएला खोज्नै पर्छ
एउटा न एउटा रोज्नैपर्छ
यो मन सँग कर गर्छु
लौ म पनि कसैको भर पर्छु
मिठा मिठा प्रेमिल गफ गर्छु
अबत मैले पनि लभ गर्छु !
र भन्छु सार दुनियाँलाई
मेरो पनि कसै सँग छ नि
माया प्रेम —

पारस भट्ट प्यासी
सुदुरपश्चिम बैतडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर