अविरल वर्षाका कारण हेटौँडा-५ का २५ घर डुबानमा — OSNepal

अविरल वर्षाका कारण हेटौँडा-५ का २५ घर डुबानमा

LC (KTM) July 06, 2024 0

मकवानपुर, २२ असारः आज बिहानदेखि परेको अविरल वर्षाका कारण हेटौँडा उपमहानगरपालिका–५ का विभिन्न स्थानमा करिब २५ घर डुबानमा परेका छन् । डुबानमा परेका नागरिकको प्रहरीले सकुशल उद्धार गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

नालामा आएको भेलले निकास नपाएपछि घर डुबानमा परेको हो । विशेषगरी गर्दोई क्षेत्रका घर डुबानमा परेका छन् । अपराह्न पानी रोकिएपछि डुबान घट्दै गएको र जनजीवन सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिका–२ स्थित सन्तबहादुर घलानको गोठ भासिएर गोठभित्र फसेका चारवटा गाईको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । बर्षाका कारण पहिरो गएर अवरुद्ध बनेका सडकमा यातायात सञ्चालनको तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर