काभ्रेमा खोलाले बगाउँदा दुई जनाको मृत्यु — OSNepal

काभ्रेमा खोलाले बगाउँदा दुई जनाको मृत्यु

LC (KTM) July 06, 2024 0

काभ्रेपलाञ्चोक, २२ असार : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

आज साँझ रोशी–११ स्थित भ्याकुरेखोला तर्ने क्रममा बाढीले बगाउँदा स्थानीय ६५ वर्षीया जालमाया रुजाल मगर र उहाँकी भदैनी पाँच वर्षीया सेतीमाया रुजाल मगर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले खोला तर्ने क्रममा दुवैलाई बगाएको र तल्काल खोजतालस गर्दा करिब नौ सय मिटर तल मृत अवस्थामा फेला परेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर